माछापुच्छ्रे बैंकद्धारा लुम्बिनीमा “पर्यटक प्रतिक्षालय” को व्यवस्था

ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी शाखा मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा “पर्यटक प्रतिक्षालय“ को व्यबस्था गरेको छ । देश तथा  विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त प्रतिक्षालय निर्माण गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष श्री सुरेन्द्र मणि शाक्य र परियोजना प्रबन्धक श्री सरोज भट्टराईलाई हस्तान्तरण गर्नुभएको हो । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा बिभिन्न संघ संस्था तथा सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार र पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ । 

 

 

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १३३ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा २९३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर २०० वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x