
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले बढेर २९८३ दशमलव १० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव ५४ अंकले बढेर ५३९ दशमलव ४१ को विन्दुमा पुगेको छ ।

आज कूल २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर रु १९ अर्ब ५५ करोड ०१ लाख ६६ हजार ६३६ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ८ दशमलव ०८ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह १६७.९६ अङ्कले, विकास बैंक उपसमूह ३८८.२४ अङ्कले, जलविद्युत १८६.३ अङ्कले, वित्त उपसमूह १७३.५ अङ्कले, उत्पादन उपसमूह ६०.६३ अङ्कले र लगानी उपसमूह २ दशमलव ४९ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह ४३.७१ अङ्कले घट्दा निर्जीवन बीमा २२.०७ अङ्कले, अन्य उपसमूह ८.७१ अङ्कले, लघुवित्त उपसमूह १७.६८ अङ्कले, जीवन बीमा १४७.२८ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ११ अङ्कले घटेको छ।
