धितोपत्र बजारमा गिरावट, नेप्से २९०५.१४ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २९०५ दशमलव १४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १२ दशमलव ६१ अंकले घटेर ५२८ दशमलव ५१ को विन्दुमा पुगेको छ ।

आज कूल २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह ३५ दशमलव ४२ अङ्कले
घढ्दा ट्रेडिङ उपसमूह ९८ दशमलव ४८ अङ्कले, होटल तथा पर्यटन ८८.५८ अङ्कले, विकास बैंक १६५.२२ अङ्कले, जलविद्युत् उपसमूह १०१.०९ अङ्कले, वित्त ८०.०४ अङ्कले, निर्जीवन बीमा २७९.२५ अङ्कले, उत्पादन १४९.५ अङ्कले, अन्य उपसमूह ५१.०१ अङ्कले, लघुवित्त ११७.६४ अङ्कले, जीवन बीमा ३१०.९४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव २ अङ्कले र लगानी उपसमूह २ दशमलव २८ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x