
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार अषाढ ८ गते, नागरिक लगानी कोषको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले मंगलबार नागरिक लगानी कोषको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।

नेप्सेले मंगलबार नागरिक लगानी कोषको ९ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात नागरिक लगानी कोषको शेयरमूल्य ३ हजार ७४३ रुपैयाँ निर्धारण भएको छ।
सोही मूल्यलाई आधार मानेर मंगलबार नागरिक लगानी कोषको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ४ हजार ८० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।