धितोपत्र बजारमा गिरावट, नेप्से २८४३.०० को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अंकले घटेर २८४३ दशमलव शुन्य को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव १७ अंकले घटेर ५२५ दशमलव ६४ को विन्दुमा पुगेको छ ।
 

आज कूल २१९ कम्पनीका १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर रु ७ अर्ब ०३ करोड ३६ लाख ०३ हजार ७४० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये होटल तथा पर्यटन ४१ दशमलव ६९ अङ्कले बढ्दा जलविद्युत् उपसमूह ५५ दशमलव ७६ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ७ दशमलव ४२ अङ्कले घढ्दा ट्रेडिङ उपसमूह २६ दशमलव १७ अङ्कले, विकास बैंक ७२.७३ अङ्कले, वित्त २९.५ अङ्कले, निर्जीवन बीमा १७७.२४ अङ्कले, उत्पादन ४१.२३ अङ्कले, अन्य उपसमूह ३०.६२ अङ्कले, लघुवित्त ४९.५८ अङ्कले, जीवन बीमा १४३.८८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०३ अङ्कले र लगानी उपसमूह १ दशमलव ७३ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x