महुली लघुवित्तकाे नाफामा ३५५.१६ प्रतिशतकाे वृद्धि, प्रतिशेयर आम्दानी कति ?

ज्ञानमाण्डू। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३५५.१६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले २ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ९ करोड ८० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२२ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको महुली लघुवित्तले १ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै महुली लघुवित्तले १ अर्ब ५५ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा २४ करोड ८० लाख रुपैयाँ रहेको छ ।

महुली लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३४.४८ प्रतिशतले बढेर २३ करोड ७८ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात २.०९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ७५ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू २३१२ काे आधारमा मूल्य आम्दानी अनुपात ५२.८० गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x