धितोपत्र बजारमा गिरावट, नेप्से ३०७६.४५ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव ४२ अंकले घटेर ३०७६ दशमलव ४५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ६७ अंकले घटेर ५६८ को विन्दुमा पुगेको छ ।


आज कूल २२७ कम्पनीका १ करोड ९५ लाख ९९ हजार ०८९ कित्ता शेयर रु १२ अर्ब ०९ करोड २१ लाख ०३ हजार ५०४ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह २९ दशमलव ४७ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ४१ दशमलव १९ अङ्कले, होटल तथा पर्यटन उपसमूह ५१.३१ अङ्कले, विकास बैंक उपसमूह १६५.५९ अङ्कले, जलविद्युत १३.४ अङ्कले, वित्त उपसमूह २१.२९ अङ्कले, निर्जीवन बीमा ४२२.५३ अङ्कले, उत्पादन उपसमूह १६२.६५ अङ्कले, अन्य उपसमूह ३२.७२ अङ्कले, लघुवित्त उपसमूह ५७.१ अङ्कले, जीवन बीमा ३५४.७४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १८ अङ्कले र लगानी उपसमूह २ दशमलव २२ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x