चालु आ.व.को पहिलो महिनामा विकास बैंकहरुले कमाएको नाफा दाँजेर हेर्दा


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको गत साउन एक महिनामा मात्रै विकास बैंकहरुले ६४ करोड रुपैयाँ अधिक नाफा कमाउन सफल भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा १४ वटा विकास बैंकहरुले ६४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् भने ४ वटा विकास बैंक चालु आर्थिक वर्षको पहिलो महिनामा घाटामा रहेको देखिएको छ।

गत आर्थिक वर्षको पहिलो महिना अर्थात २०७७ साल साउन महिनामा विकास बैंकहरुले ५२ करोड रुपैयाँ अधिक नाफा कमाएका थिए। समिक्षा अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो महिनाको अन्त्यसम्म उक्त बैंकहरुको नाफा २३.१ प्रतिशतले बढेको देखिन्छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा अधिकांश विकास बैंकहरुले ५ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। त्यस्तै, साउन महिनामा नाफा कमाएका १४ विकास बैंकले औषतमा ३ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । यता, चालु आर्थिक वर्षको साउन महिनामा ४ वटा विकास बैंक १ करोड ५० लाख अधिक घाटामा रहेका केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

  • सर्वाधिक नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक नै अगाडि, कुन विकास बैंकको नाफा कति छ?

चालु आर्थिक वर्षको गत साउन महिनामा मुक्तिनाथ विकास बैंक सर्वाधिक नाफा कमाउने विकास बैंक भएको छ । मुक्तिनाथ विकास बैंकले यस आर्थिक वर्षको पहिलो महिनामा १४ करोड अधिक नाफा कमाएको देखिन्छ। यसैगरी ज्योति विकास बैंक पनि झन्डै १० करोड नाफा कमाएको छ। सो बैंकले चालु आर्थिक वर्षको गत साउन महिनामा मात्रै ९ करोड अधिक नाफा कमाएको छ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा ८ करोड, महालक्ष्मी विकास बैंकले ६ करोड ९५ लाख , कामना सेवा विकास बैंकले ६ करोड ५८ लाख , लुम्बिनी विकास बैंकले ६ करोड ४६ लाख र गरिमा विकास बैंकले ४ करोड अधिक नाफा कमाएका छन् ।

यस अनुसार, चालु आर्थिक वर्षको पहिलो महिनामा नाफा कमाएका १४ विकास बैंक मध्ये ७ वटा विकास बैंकहरुले औषत भन्दा धेरै नाफा कमाउन सफल भएको देखिन्छ। यता, सांग्रिला डेभलपमेन्ट बैंकले पनि झन्डै औषत जति नाफा गरेको छ। उक्त विकास बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा ३ करोड ६० लाख नाफा कमाएको छ ।

त्यसै गरि, यस आर्थिक वर्षको साउन मसान्तसम्ममा एक्सेल डेभलपमेन्ट बैंकले १ करोड ६९ लाख नाफा कमाएको छ। समिक्षा अवधिसम्म मितेरी डेभलपमेन्ट बैंकले ९५ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ६२ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ६१ लाख र सिन्धु विकास बैंकले २३ लाख रुपैयाँ नाफा कमाएको तथ्यांकले देखाएको छ।

  • सर्वाधिक घाटामा ग्रिन डेभलपमेन्ट बैंक नै , कुन विकास बैंकको घाटा कति छ?
चालु आर्थिक वर्षको पहिलो महिनाको अन्त्यसम्म ग्रिन डेभलपमेन्ट बैंक सर्वाधिक घाटामा रहेको तथ्यांकले देखाएको छ। उक्त बैंक चालु आर्थिक वर्षको गत साउन एक महिनामा ७३ लाख अधिक घाटामा रहेको देखिएको छ। त्यस्तै, यस आर्थिक वर्षको साउन मसान्तसम्म सहारा विकास बैंक ४१ लाख, नारायणी डेभलपमेन्ट बैंक १९ लाख र सालपा विकास बैंक १५ लाख घाटामा रहेको छ। 



केन्द्रिय बैंकले सार्वजनिक गरेको ग्रिन डेभलपमेन्ट बैंकको तथ्यांकलाइ हेर्दा उक्त बैंकको नाफा र घाटा दुवै देखिको छ। नाफा र घाटा दुवै देखिनु निकै जिज्ञासापूर्ण विषय हो। यस कारण हामीले ग्रिन डेभलपमेन्ट बैंकलाइ नै यस विषयका बारेमा सोध्यौँ र ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख सूचना अधुकारीले ज्ञानमाण्डूसँग भने, "हाल बैंकिंग प्रणालिमा लागु भएको नयाँ एनएफआरएस (NFRS) लेखा प्रणालिका मापदण्डलाई आधार मानी हिसाब गर्दा ग्रिन डेभलपमेन्ट बैंकको नाफा देखिन गएको हो भने पुरानो लेखा प्रणालि एनएएस (NAS) प्रणालिका मापदण्डलाई आधार मानी हिसाब गर्दा बैंकको घाटा देखिएको छ।" 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x