धितोपत्र बजारमा ५०.५८ अंकको वृद्धि, नेप्से परिसूचक २६६५.९४ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव ५८ अंकले बढेर २६६५ दशमलव ९४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ५८ अंकले बढेर ५०३ दशमलव ४६ को विन्दुमा पुगेको छ ।

आज कूल २२९ कम्पनीका ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर रु ५ अर्ब ०२ करोड ८५ लाख ५५ हजार ०९२ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह २० दशमलव २९ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ७५ दशमलव ४३ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३२.९२ अङ्कले, विकास बैंक उपसमूह १५०.६८ अङ्कले, जलविद्युत उपसमूह ११७.३४ अङ्कले, वित्त उपसमूह १०७.४७ अङ्कले, निर्जीवन बीमा २५५.६६ अङ्कले, उत्पादन उपसमूह १०३.३६ अङ्कले, अन्य उपसमूह ४१.४३ अङ्कले, लघुवित्त उपसमूह ८८.०१ अङ्कले, जीवन बीमा उपसमूह २१५.३८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०९ अङ्कले र लगानी उपसमूह २ अङ्कले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x