ज्ञानमाण्डू। प्रभु बैङ्कको नाफा २५.१४ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले ८५ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।
११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैङ्कले १ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ७१ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ९१ कराेड रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १६.०३ प्रतिशतले घटेर १ अर्ब ४२ करोड रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो आम्दानी १ अर्ब ६९ करोड रहेको थियो।
असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड ४४ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो मुनाफा १७ करोड ५६ लाख रहेको थियो।
बैंककाे निष्कृय कर्जा अनुपात १.६१ प्रतिशत र प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ४५ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३९५ काे आधारमा मूल्य आम्दानी अनुपात १७.६ गुणा रहेकाे छ ।