मङ्सिर महिनामा मात्रै निर्जीवन बीमाहरुले झन्डै ३ अर्ब बीमा शुल्क आर्जन गर्दा सर्वाधिक सङ्कलन कसको ?


ज्ञानमाण्डू।चालु आर्थिक वर्षको मङ्सिर महिनासम्ममा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा २० निर्जीवन बीमा कम्पनीहरूले कुल १५ अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् जसमध्ये उक्त जीवन बीमा कम्पनीहरूले गत मङ्सिर एक महिनाको अवधिमा मात्रै २ अर्ब ८४ करोड रुपैयाँ अधिक बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले जनाएको छ।

गत आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको तुलनामा २७.३९ प्रतिशतले व्यापार वृद्धि गर्न सफल जम्मा २० वाट निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म आइपुग्दा कुल १५ अर्ब ४२ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका छन् ।गत आर्थिक वर्षको सोही अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीहरूले १२ अर्ब ११ करोड रुपैंया बीमा शुल्क आर्जन गरेका थिए। उक्त निर्जीवन बीमा कम्पनीहरूको कुल जारी बीमालेख सङ्ख्या चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म आइपुग्दा १२ लाख ४८ हजार १९२ रहेको तथ्याङ्कले जनाएको छ।

चालु आर्थिक वर्षको मङ्सिर महिनामा मात्रै २ अर्ब ८४ करोड रुपैयाँ अधिक बीमा शुल्क आर्जन गरेका २० निर्जीवन कम्पनीहरूले औसतमा १४ करोड २२ लाख रुपैंया बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले जनाएको छ। यस अवधिमा ९ निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने ११ यस्ता निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको देखिएको छ। यहाँ हामीले मुलुकमा सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको मङ्सिर एक महिनामा र ५ महिनाको अवधि अर्थात् चालु आर्थिक वर्षको मङ्सिरसम्ममा आर्जन गरेको बीमा शुल्क अथवा चालु आर्थिक वर्षको मङ्सिर महिनामा निर्जीवन बीमा कम्पनीहरूले गरेको व्यापारका बारेमा चर्चा गर्नेछौँ।

  • मङ्सिर एक महिनाको अवधिमा सर्वाधिक बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्सको :

चालु आर्थिक वर्षको मङ्सिर महिनामा शिखर इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले मङ्सिर एक महिनामा मात्रै २९ करोड रुपैयाँ अधिक बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, नेको इन्स्योरेन्सले सोही एक महिनामा २५ करोड ४० लाख रुपैंया बीमा शुल्क सङ्कलन गरेको देखिन्छ।

त्यसै गरी, सगरमाथा इन्स्योरेन्सले राम्रो व्यापार विस्तार गर्दै मङ्सिर महिनाको अवधिमा २५ करोड १९ लाख रुपैंया बीमा शुल्क सङ्कलन गर्दा सिद्धार्थ इन्स्योरेन्सले २१ करोड रुपैंया, एनएलजी इन्स्योरेन्सले १७ करोड रुपैंया, नेपाल इन्स्योरेन्सले १६ करोड रुपैंया, अजोड इन्स्योरेन्सले १५ करोड रुपैंया बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । त्यस्तै, लुम्बिनी जनरल र युनाइटेड इन्स्योरेन्स कम्पनी दुवैले चालु आर्थिक वर्ष २०७८/७९ को मङ्सिर एक महिनामा १४ करोड रुपैयाँ अधिक बीमा शुल्क सङ्कलन गरेको देखिन्छ।

चालु आर्थिक वर्षको मङ्सिर महिनामा नेशनल इन्स्योरेन्सले निर्जीवन बीमा संस्थाहरू मध्येको सर्वाधिक कम बीमा शुल्क सङ्कलन गरेको छ। उक्त निर्जीवन बीमाले यस एक महिने अवधिमा ५ करोड रुपैंया बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।


  • चालु आर्थिक वर्षको मङ्सिर महिनासम्ममा अथवा ५ महिनाको अवधिमा सर्वाधिक बीमा शुल्क आर्जनमा पनि शिखर इन्स्योरेन्स कै प्रभुत्व :

चालु आर्थिक वर्षको मङ्सिर महिनासम्ममा शिखर इन्स्योरेन्सले सोही वर्गका संस्थाहरू मध्ये सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले मङ्सिर महिनासम्मको पाँच महिने अवधिमा १ अर्ब ६७ करोड रुपैयाँ अधिक बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, सगरमाथा इन्स्योरेन्सले सोही अवधिसम्ममा १ अर्ब ४५ करोड रुपैंया बीमा शुल्क सङ्कलन गरेको देखिन्छ।

चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म आइपुग्दा कुल १५ अर्ब ४२ करोड रुपैंया बीमा शुल्क सङ्कलन गरेका हाल नेपालमा सञ्चालनमा रहेका जम्मा २० निर्जीवन बीमा कम्पनीहरूले औसतमा ७७ करोड १३ लाख रुपैंया बीमा शुल्क आर्जन गरेका तथ्याङ्कले जनाएको छ। यस अवधिमा ६ निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १४ यस्ता निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको देखिएको छ।

समीक्षा अवधिमा नेको इन्स्योरेन्सले १ अर्ब ३० करोड रुपैंया बीमा शुल्क सङ्कलन गर्दा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैंया, एनएलजी इन्स्योरेन्सले १ अर्ब रुपैंया र प्रिमियर इन्स्योरेन्सले ९१ करोड रुपैंया बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यी संस्थाहरूले चालु आर्थिक वर्षको मङ्सिर महिनासम्मको अवधिमा सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै बीमा शुल्क आर्जन गरेको देखिन्छ।

यता, चालु आर्थिक वर्षको मङ्सिर महिनासम्ममा सानिमा जनरल इन्स्योरेन्सले निर्जीवन बीमा संस्थाहरू मध्येको सर्वाधिक कम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। उक्त निर्जीवन बीमाले यस पाँच महिने अवधिमा ३७ करोड रुपैंया बीमा शुल्क सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x