क्रस होल्डिङ भएका लघुवित्तले मर्जरको कार्ययोजना असारभित्र पेश गर्नुपर्ने


ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको क्रसहोल्डिङ रहेका लघुवित्तहरुलाई मर्जरमा जान निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ को निर्देशन नं. १० मा बुँदा नं. १५ थप गरी क्रस होल्डिङ भएका लघुवित्तहरुलाई २०७९ असार मसान्तसम्ममा मर्जरमा जानका लागि कार्ययोजना पेश गर्न निर्देशन दिएको हो।

इजाजतपत्रप्राप्त क, ख र ग वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका संस्थाहरुबीच आपसमा र/वा इजाजतपत्र प्राप्त एकभन्दा बढी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले आपसमा गाभ्न, गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्तभित्र राष्ट्र बैंकसमक्ष कार्ययोजना पेश गर्नुपर्ने राष्ट्र बैंकद्वारा प्रकाशित निर्देशनमा उल्लेख छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशन जारी गरेको राष्ट्र बैंकले जनाएको छ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x