नयाँ सारथि लघुवित्तकाे नाफा ४ करोड ६३ लाख , प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ करोड ११ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ४ करोड ६३ लाख १२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२५ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नयाँ सारथी लघुवित्तले ९३ करोड ४४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नयाँ सारथि लघुवित्तले २ अर्ब ६७ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २७ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

नयाँ सारथी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.२९ प्रतिशतले बढेर १३ करोड २८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.२५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ८६ पैसा छ र पछिल्लो कारोबार मूल्य रु १४२६ को आधारमा मूल्य आम्दानी अनुपात ३९.२४ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x