भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि एनएमबि बैङ्क लिमिटेडले ३ करोड ६१ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ।
बैङ्कका सञ्चालक समितिका अध्यक्षले ३ करोड ५१ लाख रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभएकाे हाे। यसका साथै बैङ्कले बाढी प्रभावित क्षेत्रका नागरिकका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत उपलब्ध गराएको छ।
अचानक आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठुलो क्षति पुगेको छ। बाढीका कारण मानवीय तथा भौतिक क्षतिसँगै धेरै परिवार विस्थापित भएका छन्। सडक तथा स्थानीय पूर्वाधारका साथै जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन्।
विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले बैङ्कले आर्थिक तथा राहत सामग्री उपलब्ध गराएको जनाएको छ। बैङ्कका अनुसार उक्त सहयोगबाट प्रभावितको उपचार, खाद्यान्न तथा अस्थायी आवास व्यवस्थापनसँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनः स्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भोटेकोशी बाढीपीडितका लागि एनएमबि बैङ्कको ३ करोड ६१ लाख सहयोग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
