
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैङ्कले १९ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन अनलाइन बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागका अनुसार बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत सञ्चालन हुनेछ। बोलकबोल सम्पन्न भएपछि निक्षेप सङ्कलन उपकरण आजै निष्कासन गरिनेछ।
उक्त उपकरणको साँवा तथा ब्याज आगामी असोज २३ गते एकैसाथ भुक्तानी गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने राष्ट्र बैङ्कले जनाएको छ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिनेछ। आवेदन रकम ५ करोड रुपैयाँले भाग जाने गरी हुनुपर्ने व्यवस्था गरिएको छ। यस प्रक्रियामा नेपाल राष्ट्र बैङ्कबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैङ्कले ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
