माण्डु हाइड्रोपावरको लाभांश घोषणा, कति दिँदै छ बोनस र नगद ?


माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८३ साल साउन २७ गते बसेको सञ्चालक समितिको २२८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८२/०८३ को सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरूलाई १०.५२६३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८१/०८२ को सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम रु. १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम रु. ७१ लाख ७७ हजार ०३७ रुपैयाँ बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश स्वरूप आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x