धितोपत्र बजारमा ९.५० अङ्कको वृद्धि, नेप्से २०८९.६२ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ५० अङ्कले बढेर २०८९ दशमलव ६२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ४० अङ्कले बढेर ३८६ दशमलव ३३ को विन्दुमा पुगेको छ ।

आज कूल ३०१ कम्पनीहरूका १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर रु. ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य विकास बैङ्क उपसमूह १९ दशमलव ६३ अङ्कले, वित्त उपसमूह १ दशमलव ९० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ४८.२७ अङ्कले, जलविद्युत उपसमूह १२.५९ अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव ५२ अङ्कले, जीवन बिमा उपसमूह २८.०३ अङ्कले र निर्जीवन बिमा १५.०३ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह १३ दशमलव १९ अङ्कले बढ्दा उत्पादन उपसमूह ६६.६० अङ्कले, लघुवित्त उपसमूह ३७.६९ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०६ अङ्कले, अन्य उपसमूह ३४.३४ अङ्कले र ट्रेडिङ उपसमूह शून्य दशमलव ५० अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x