आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू


साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर २७९६ दशमलव ५७ को विन्दुमा कायम भएको छ।

सालपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ९.९६ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्सका शेयरधनीहरुले ९.३३ प्रतिशत, रिडी पावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ५.७२ प्रतिशत र कुमारी सबल योजनाका शेयरधनीहरुले ५.१८ प्रतिशतका दरले कमाएका छन् ।

यता, कालिका पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले ८.४७ प्रतिशतले गुमाउँदा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड ५.७७ प्रतिशत, ३ स्टार जलविद्युत लिमिटेड ५.३७ प्रतिशत, ट्रेड टावर लिमिटेड ४.४७ प्रतिशत र प्योर इनर्जी लिमिटेड ४.०१ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x