आजसम्म कायम शेयर धनिले आँधिखाेला लघुवित्त र सिवाईसी नेपालको साधारण सभामा भाग लिन पाउने

AKBSL and CYCL

 

ज्ञानमाण्डू। आँधिखाेला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असोज ७ गते विशेष साधारण सभा गर्ने भएका छन्। कम्पनीहरूले साधारण सभाको प्रयोजनको लागि भदौ २९ गते देखि असोज ७ गतेसम्म नौ दिनका लागि बुक क्लोज गर्ने जानकारी दिएका छन्। सो आधारमा भदौ २८ गतेसम्म (आज सम्म) कायम शेयर धनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

आँधिखाेला लघुवित्तले साधारण सभा होटल गाउँवेशीको सभाहल वालिङ स्याङ्जामा र सिवाईसी नेपाल लघुवित्तले केन्द्रीय कार्यालय सभागृह चोक कास्कीमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएका छन्।

 

सभाले आँधिखाेला लघुवित्त र सिवाईसी नेपाल लघुवित्त एक आपसमा गाभ्ने/ गाभिने, मर्जर गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन गर्ने छ र सो प्रयोजनका लागि मुल्याङ्कर्ताबाट प्राप्त प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात (Share Swap Ratio) को विषयलाई पनि दर्साउने छ भने संस्थाको प्रबन्ध पत्र तथा नियमावलीको पनि संशोधन गर्ने छ।

 

त्यसै गरी कम्पनी एैन २०६३ को दफा १११ बमोजिम आ.व २०७९/०८० को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि सोही सभाले गर्नेछ र सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम मर्जर सम्बन्धी आवशयक काम गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी पनि प्रदान गर्ने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x