चिरख्वा हाइड्रोले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने

चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले हकप्रद निष्कासनका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड लाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा ४० लाख कित्ता हकप्रद शेयर जारी गर्ने योजना बनाएको छ। यसमार्फत कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको पुँजी सङ्कलन गर्ने लक्ष्य राखेको छ।

उक्त हकप्रद शेयर हाल कायम शेयरधनीहरूलाई १ः१ अनुपातमा निष्कासन गरिने कम्पनीले जनाएको छ।

यस सम्बन्धमा चिरख्वा हाइड्रोपावर लिमिटेड र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबिच जेठ ६ गते निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x