
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।
संस्थाले प्रारम्भमा उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्रै बिक्री खुला गरेको थियो। तर तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेपछि अब अन्य व्यक्ति तथा संस्थालाई समेत शेयर खरिदको अवसर दिइएको जनाएको छ।
उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन संस्थाको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
