कुल वस्तु निर्यात ८१.८ प्रतिशतले बढ्यो, के हुन् नेपालले निर्यात गर्ने मुख्य वस्तुहरू ?


आर्थिक वर्ष २०८१/८२ को असार सम्ममा कुल वस्तु निर्यात ८१.८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ थियो ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तु सोयाबिन तेल, आर्थिक वर्ष २०८१/८२ को असार महिना सम्ममा १ खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ९० करोड रुपैयाँ बराबरको सोयाबिन तेलको निर्यात गरेको थियो। सोयाबिन तेलको निर्यातले नेपालको कुल वस्तु निर्यातको ३८.५ प्रतिशत अंश ओगटेको छ।

त्यस्तै पोलिस्टर धागोको निर्यातले नेपालको कुल वस्तु निर्यातको ४.९ प्रतिशत अंश ओगटेको छ। नेपालले आर्थिक वर्ष २०८१/८२ को असार महिना सम्ममा १३ अर्ब ५७ करोड रुपैयाँ बराबरको पोलिस्टर धागोको निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ११ अर्ब २१ करोड रुपैयाँ बराबरको पोलिस्टर धागोको निर्यात गरेको थियो। उक्त वस्तुको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.१ प्रतिशतले बढेको देखिन्छ।

नेपालले आर्थिक वर्ष २०८१/८२ को असार महिना सम्ममा १० अर्ब ७७ करोड रुपैयाँ बराबरको ऊलन कार्पेट निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले १० अर्ब ५७ करोड रुपैयाँ बराबरको ऊलन कार्पेट निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९ प्रतिशतले बढेको देखिन्छ।

जिङ्क शिटको निर्यातले नेपालको कुल वस्तु निर्यातको ३.६ प्रतिशत अंश ओगटेको छ। नेपालले आर्थिक वर्ष २०८१/८२ को असार महिना सम्ममा १० अर्ब १० करोड रुपैयाँ बराबरको जिङ्क शिटको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको जिङ्क शिटको निर्यात गरेको थियो। उक्त वस्तुको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८ प्रतिशतले घटेको देखिन्छ।

नेपालले आर्थिक वर्ष २०८१/८२ को असार महिना सम्ममा ८ अर्ब २२ करोड रुपैयाँ बराबरको जुट जन्य पर्दाथ निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको जुट जन्य पर्दाथ निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.७ प्रतिशतले बढेको देखिन्छ।

नेपालबाट निर्यात हुने अन्य मुख्य वस्तुहरूमा जुस, अलैँची, पार्टिकल बोर्ड तथा रेडिमेड गार्मेन्टहरू रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x