
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २३ गतेदेखि सार्वजनिक निष्कासन खुला गरेको थियो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा २५ लाख १५ हजार ४५५ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्टाइएको शेयर बाँडफाँट गरिसकेको जनाएको छ।
उक्त आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
