एपोलो हाइड्रोपावरको आइपिओ बाँडफाँड


एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले नतिजा सार्वजनिक गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७ लाख ८० हजार २०० कित्ता शेयर निष्कासन गरेको थियो। आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो।

आइपिओमा उल्लेखनीय आकर्षण देखिएको छ। कुल २७ लाख ७१ हजार १८ जनाले आवेदन दिएकोमा २७ लाख २७ हजार ११७ जनाको आवेदन मात्र स्वीकृत भएको छ।

माग अत्यधिक भएपछि गोला प्रथामार्फत बाँडफाँड गरिएको छ। जसअनुसार ७८ हजार २० जना आवेदकले १०–१० कित्ता शेयर प्राप्त गरेका छन् भने बाँकी २६ लाखभन्दा बढी आवेदक शेयर पाउनबाट वञ्चित भएका छन्।

उच्च आवेदनले हाइड्रोपावर कम्पनीप्रति लगानीकर्ताको आकर्षण अझै बलियो रहेको सङ्केत गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x