कालिन्चोक हाइड्रोपावरको स्थानीयलाई आइपिओ: आवेदन म्याद चैत १२ सम्म थपियो

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि फागुन १३ गतेदेखि निष्कासन गरेको प्राथमिक शेयर (आइपिओ)मा आवेदन दिने म्याद थप गरेको छ। यसअघि आवेदन दिने अन्तिम मिति फागुन २७ गते तोकिएको थियो। तर तोकिएको अवधिमा मागअनुसार आवेदन नपरेपछि कम्पनीले आवेदन दिने समय चैत १२ गतेसम्म लम्ब्याएको जनाएको छ।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता १०,००० तोकेको छ।

सो कम्पनीले ५५ करोड रुपैयाँ जारी पुँजीको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो।  तीमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरका, प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरिएको हो।

आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला अन्तर्गत बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैङ्किङ लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x