पाल्पा सिमेन्टको आइपिओ पुस २५ बाट खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

Gyanmandu | Achieving Excellence Together
पाल्पा सिमेन्ट इण्डस्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि आइपिओ बिक्री सुरु गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आइपिओ ल्याउन लागेको हो।

कम्पनीले कुल जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर हुने ७५ करोड रुपैयाँको ७५ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ। सोहीअनुसार, जारी पुँजीको ५ प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ। यो शेयर पश्चिम नवलपरासी (साबिक नवलपरासी जिल्ला) र खानी क्षेत्र रहेको पाल्पा जिल्लाका स्थानीयवासीले आवेदन दिन सक्नेछन्।

यसै गरी, सर्वसाधारणका लागि छुट्टाइने शेयरमध्ये १० प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आरक्षित गरिएको छ। यी लगानीकर्ताले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ।

आइपिओमा आवेदन दिन न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने अन्तिम म्याद पुस ३० गतेसम्म तोकिएको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेडले पाएको छ। स्थानीय बासिन्दाले नबिल बैङ्क, प्रभु बैङ्क र सिद्धार्थ बैङ्कका पाल्पा, बर्दघाट, परासी, गैँडाकोट, बुलिङटार र बेलातारीलगायत तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने स्वीकृत सि–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x