सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६ औ वार्षिक साधारण सभा सम्पन्न

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शनिवार कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा काठमाडौँको  बालुवाटार स्थित टाइम्स स्क्वायर लाउन्जमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले  सञ्चालक समितिको तर्फबाट अध्यक्ष थापाबाट पेस भएको आ.व. २०७८/०७९ को वार्षिक आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ। त्यस्तै आ.व. २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदन र सोही आ. व. को वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित अनुसूचीहरू साधारण सभाले स्वीकृत गरेको छ।  साधारण सभाले आ.व. २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सर्वसम्मतले स्वीकृत गरेको छ।

साधारण सभामा शेयरधनीहरूले पुस मसान्तसम्म साधारण सभा गरेर जरिवानाबाट बच्नु राम्रो भए पनि आगामी वर्षदेखि पुस महिना अगाडी नै साधारण सभा सम्पन्न गर्न सुझाव दिएका थिए। त्यस्तै उनीहरूले कम्पनीको हकप्रद निष्कासनमा भइरहेको ढिलाइबारे जिज्ञासा राखेका थिए ।

शेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष इन्द्र बहादुर थापाले विद्युत् नियमन आयोगबाट हकप्रदको लागि स्वीकृति प्राप्त हुने क्रम मै रहेकोले आयोगबाट स्वीकृति आएपछि थप प्रक्रिया अगाडी बढ्ने बताउनु भयाे । सिनर्जीले लगानी गरेको कम्पनीले निर्माण गर्ने आयोजनाको २५ प्रतिशत प्रगति भएपछि मात्र हकप्रदको लागि स्वीकृति प्राप्त हुने उहाँले बताउनु भयाे । यही प्राविधिक कारणले हकप्रदमा ढिलाइ भए पनि अब भने २५ प्रतिशत प्रगति भइसकेकोले अब माघ महिनामा स्वीकृति आई सक्ने उहाँले बताउनु भयाे । त्यस्तै उहाँले लाभांश दिन सक्ने अवस्था रहे पनि कम्पनीले त्यसलाई ऋण तिर्न र अन्य लगानी गर्ने प्रयोग गरेकोले आगामी वर्ष देखि उचित प्रतिफल दिने बताउनु भयाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x