ग्लाेबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५८.१४ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ६ कराेड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले २ कराेड ६७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।५५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको ग्लाेबल आइएमई लघुवित्तले ८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
ग्लाेबल आइएमई लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३.८३ प्रतिशतले घटेर १३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । साे लघुवित्तकाे निष्क्रिय कर्जा अनुपात २.७३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैंसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १२८० काे आधारमा मूल्य आम्दानी अनुपात ६६.११ गुणा रहेको छ ।
खुद ब्याज आम्दानी घटेसँगै ग्लाेबल आइएमई लघुवित्तको नाफा र ईपीएस पनि घट्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
