फर्स्ट माइक्रोफाइनान्सको नाफा ८७.८२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि व्यापक वृद्धि

first microfinance

 

ज्ञानमाण्डू। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८७.८२ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा लघुवित्तले १४ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा लघुवित्तले २६ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

 

९६ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १० अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ९ अर्ब ४५ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ४४ करोड ६ लाख रुपैयाँ रहेको छ ।

Click here to join Gyanmandu.com's Viber Community

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६०.८४ प्रतिशतले बढेर ४२ करोड ७२ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६९ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ७०८ काे आधारमा मूल्य आम्दानी अनुपात २५.३९ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x