नेपाल टेलिकमकाे आकर्षक लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद लाभांस ? | NTC

ntc
ज्ञानमाण्डू। नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल फाल्गुण ३० गते, साेमबारका दिन बसेको सञ्चालक समितिको ९४२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ को मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ४० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

टेलिकमकाे सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ४० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने नेपाल टेलिकमले जानकारी दिएको छ साथै सधारणसभा प्रयोजनको लागि चैत्र ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज हुने अर्थात चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने कुरा टेलिकमले जनाएकाे छ ।

आर्थिक वर्ष २०७६/७७ मा टेलिकमले ४० प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

ntc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x