बन्दीपुर केवलकारको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज (भदौ ११ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (IPO) निष्काशन सुरु गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएका शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले कुल जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसअनुसार स्थानीय बासिन्दाका लागि ५ लाख ६६ हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता, कर्मचारीका लागि १ लाख ५८ हजार ८२० कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७०० कित्ता शेयर बाँडफाँट गरिसकिएको हो।

अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि ४३ लाख ४१ हजार ८० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते बन्द हुनेछ। यस आईपीओलाई केयर रेटिङ नेपालले ‘CARENP Double B Issuer Rating’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष तोकिएको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष रहेको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको आस्बा सेवामार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x