पर्यटकीय ग्राम तनहुँको बन्दिपुरमा निर्माणाधीन पर्यटन पुर्वधारयुक्त केबलकार परियोजनाको विकास गरिरहेको बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणहरूको लागि प्राथमिक शेयर निष्कासन  गर्नको लागि आईपिओ गर्ने प्रक्रिया अन्तिम चरणमा पुराएको छ ।
कम्पनीले यही पौष २८ गते शनिवार परियोजना प्राङ्गडमा बस्ने गरी साधारण सभा बोलाएको छ । सो साधारण सभामा नियमित एजेन्डा बाहेक विशेष प्रस्तावको रूपमा कम्पनीको आईपिओ निष्कासन गर्ने प्रस्तावलाई पारित गरी औपचारिक रूपमा अगाडी बढ्ने गरी तयारी गरिएको कम्पनी सचिव रमनमान श्रेष्ठले  बताउनुभयो ।
कम्पनीले जारी पुँजी रु. २ अर्ब ५५ करोडको १२ प्रतिशतले हुन आउने रकम रु. ३० करोड ६० लाख बराबरको रु. १०० अङ्कित दरमा ३० लाख ६० हजार कित्ता शेयर मध्य २ प्रतिशत स्थानीय, २ प्रतिशत प्रवासी नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरूलाई छुटाइ बाँकी रहने शेयर सर्वसाधारणहरूमा निष्कासन गरी आइपिओ विक्री गर्ने कम्पनीका सचिवले बताउनुभयो ।
सो परियोजनाको निर्माण कार्य ९० % सम्पन्न भइसकेको र सो परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको कम्पनीले दाबी गरेको छ ।परियोजनाको लागत ३ अर्ब ५८ करोड रुपियाँ रहेकोमा बैङ्क ऋण १ अर्ब ३ करोड  रहेको कम्पनी का वित्तीय निर्देशक शिव प्रसाद शर्माले बताउनुभयो ।
 
आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न बन्दिपुर केबलकारले पौष २८ गते साधारण सभा गर्दै
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            100.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                             
                                                                                             
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            