बन्दिपुर केबलकार एण्ड टुरिजमको शेयर बाँडफाँट सम्पन्न

बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपिओ (प्रोजेक्ट प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको सेयर) बाँडफाँट सम्पन्न भएको छ । नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ लिमिटेडले बाँडफाँटको कार्य सम्पन्न गरेको हो ।

कम्पनीले स्थानीय प्रभावित बासिन्दाका लागि ५ लाख ६६ हजार कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयरका लागि जम्मा २,४१७ जना आवेदकबाट १२ लाख ८९ हजार २४० कित्ता आवेदन परेकोमा ४ जनाको आवेदन अस्वीकृत भई २,४१३ जना वैध आवेदक बनेका थिए । वैध आवेदकले १२ लाख ७२ हजार २४० कित्ता सेयर माग गरेका थिए । माग भन्दा २.२८ गुणा बढी आवेदन परेपछि गोला प्रथा हिसाबले बाँडफाँट गरिएको हो ।

जसमा १६९१ जना आवेदकले मागअनुसार सम्पूर्ण कित्ता पाएका छन् भने बाँकी ७२२ जनालाई १० कित्ता न्यूनतम र बढीमा ४७० कित्तासम्म बाँडफाँट गरिएको छ । यसरी स्थानीय बासिन्दा तर्फ ५ लाख ६४ हजार ५५० कित्ता सेयर बाँडफाँट गरिएको छ ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको ५ लाख २९ हजार ४०० कित्ता सेयरका लागि ५९ हजार १०४ जना आवेदकबाट १२ लाख ५७ हजार ८२० कित्ता आवेदन परेको थियो । जसमध्ये १४ जना आवेदक अयोग्य ठहरिएपछि ५९ हजार ८३ जना वैध आवेदक बनेका थिए । वैध आवेदकले १२ लाख ५७ हजार ४८० कित्ता आवेदन दिएका थिए । माग भन्दा २.३८ गुणा बढी आवेदन परेपछि गोला प्रथा अनुसार बाँडफाँट गर्दा प्रत्येक आवेदकले न्यूनतम १० कित्ता सेयर प्राप्त गरेका छन् ।

यसरी स्थानीय प्रभावित बासिन्दा र विदेशमा कार्यरत नेपाली दुवै समूहलाई लक्षित आइपिओ सेयर बाँडफाँट २०८२ साल वैशाख २० गते सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x