धितोपत्र बजारमा २.०७ अङ्कको गिरावट, नेप्से २९६२.१३ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २ दशमलव ०७ अङ्कले घटेर २९६२ दशमलव १३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ७८ अङ्कले घटेर ५१३ दशमलव ०९ को विन्दुमा पुगेको छ ।

आज कूल ३२१ कम्पनीहरूका ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर रु. १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ०३४ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य विकास बैङ्क उपसमूह १९३ दशमलव ६८ अङ्कले, वित्त उपसमूह ७२ दशमलव ८९ अङ्कले, उत्पादन उपसमूह १३६.३९ अङ्कले र ट्रेडिङ उपसमूह १४१.११ अङ्कले बढेका छन् । यता, बैङ्किङ उपसमूह १३ दशमलव ८० अङ्कले घट्दा होटेल तथा पर्यटन उपसमूह २१.०५ अङ्कले, जलविद्युत उपसमूह १९.६५ अङ्कले, लगानी उपसमूह शून्य दशमलव १२ अङ्कले, जीवन बिमा उपसमूह ९४.१८ अङ्कले, लघुवित्त उपसमूह १९.०५ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०४ अङ्कले, निर्जीवन बिमा ९७.५१ अङ्कले र अन्य उपसमूह २०.६१ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x