एन आई सी एशिया बैङ्कका ग्राहकहरूलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट उपलब्ध

एन आई सी एशिया बैङ्क र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बिच यस बैङ्कका ग्राहकहरूलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुन (Hair n Shanti Unisex Salon ) मा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैङ्कका ग्राहकहरूले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरूमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौँडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरूबाट उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले सो बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । लिजा श्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x