नेप्सेमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख २४ गते आइतबारका दिन आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा आइतबार आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ४१ हजार ४०० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x