धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव १६ अंकले बढेर १९६३ दशमलव २२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १७ अंकले बढेर ३८४ दशमलव ८३ को विन्दुमा पुगेको छ ।
आज कूल २४३ कम्पनीहरूका ३६ लाख ९४ हजार ८४ कित्ता शेयर रु. १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य होटेल तथा पर्यटन उपसमूह ४४ दशमलव ५३ अङ्कले बढ्दा जलविद्युत उपसमूह ३.९८ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ४५ अङ्कले, जीवन बिमा उपसमूह १८३.३६ अङ्कले, लघुवित्त उपसमूह १६.३५ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले, निर्जीवन बिमा ५७.६९ अङ्कले, अन्य उपसमूह १०.८५ अङ्कले र ट्रेडिङ उपसमूह १५.४४ अङ्कले बढेकाे छ । यता, बैंकिङ उपसमूह ९ दशमलव ३० अङ्कले घट्दा विकास बैङ्क उपसमूह १ दशमलव ६१ अङ्कले, वित्त उपसमूह ९ दशमलव ९४ अङ्कलेर उत्पादन उपसमूह १३.४० अङ्कले घटेकाे छ ।
धितोपत्र बजारमा २.१६ अङ्कको वृद्धि , नेप्से १९६३.२२ को विन्दुमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
