लुम्बिनी विकास बैङ्क र एनसीएचएल बिच एनपिएस– एनसिएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैङ्कका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो ।
सो सम्झौतासँगै लुम्बिनी विकास बैङ्कका ग्राहकहरूले नेपालका विभिन्न एटिएम र व्यापार स्थानहरूमा यी कार्डहरूको प्रयोगबाट थप सुविधाहरूको लाभ लिन सक्नेछन्।
एनसीएचएलले हालै एनपिएस– एनसिएस को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैङ्क वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैङ्क वित्तीय संस्थाहरू एनसिएस – एनसिएस र नेपाल पे कार्डमा आबद्ध भइरहेका छन् ।
कम्पनीका अनुसार नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात् लुम्बिनी विकास बैङ्कले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् । एनपिएस–– एनसिएस लाई विभिन्न कार्ड स्विचहरू बिच अन्तर आबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदै छ ।
कम्पनीका अनुसार उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात् डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेश सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले ५४ भन्दा बढी बैङ्क तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढी गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
लुम्बिनी विकास बैङ्क र एनसीएचएल बिच नेपाल पे कार्डका लागि सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
