नबिल बैङ्कको कामु सिइओमा मनोज कुमार ज्ञवाली

नबिल बैङ्कको कायम मुकायम सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त हुनुभएको छ। प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले राजीनामा दिएपछि, बैङ्कले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कामु सिइओको जिम्मेवारी तोकेको हो।

चैत १३ गते बिहान ८:३० बजे बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्दै उक्त निर्णय गरेको हो। ढुङ्गानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिनुभएको थियो।

बैङ्कका कम्पनी सचिव विश्वप्रकाश पौडेलका अनुसार, बैङ्कले ज्ञवालीलाई नयाँ जिम्मेवारी सुम्पिएको छ। यसैबिच, ढुङ्गाना नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरको दौडमा रहनुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x