नेपाल-म्यानमार व्यापार तथा पर्यटन एक्सपो २०२५ सम्पन्न

म्यानमारस्थित नेपाली राजदूतावासले यागौंनमा २१-२२ मार्च २०२५ मा २ दिने “Nepal-Myanmar Trade and Tourism Expo 2025” को आयोजना गरिरहेको छ। Coming together for Trade and Tourism Promotion  नारा लिएर आयोजित उक्त Expo मा नेपाल तथा म्यानमारबाट व्यापार, पर्यटन, ट्राभल्स एण्ड टुर्स तथा IT क्षेत्रसँग सम्बन्धित कम्पनीहरूले ५० भन्दा बढी Booth/stalls  मा आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गरिरहेका छन्।

२१ मार्च २०२५ मा म्यानमारका वाणिज्य मन्त्री U Tun Ohn तथा म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेद्वारा रिबन काट्ने र बेलुन उडाउने रोमाञ्चक समारोहबाट सुरु भएको Expo मा औपचारिक कार्यक्रमको समेत आयोजना गरिएको थियो।रात्रि भोजसहितको उक्त कार्यक्रममा नेपाल तथा म्यानमारका प्रतिनिधिहरूद्वारा प्रस्तुतीकरण, सांस्कृतिक प्रस्तुतिहरू, तथा अतिथिहरूद्वारा Booth/stalls भ्रमण समावेश थियो।

राजदूत घिमिरेले अतिथिहरूलाई Expo मा स्वागत गर्दै नेपाल र म्यानमारको ऐतिहासिक धार्मिक सम्बन्धलाई अझ विस्तार गरी व्यापार, पर्यटन, व्यवसाय र जनस्तरको सम्बन्धका सम्भावित क्षेत्रहरूमा साझेदारीलाई सुदृढ गर्न दूतावासले निरन्तर Expo आयोजना गरेको बताउनुभयो। पर्यटन र IT सेवाको क्षेत्रमा  सहकार्य दुवै देशको पारस्परिक हितमा रहेको बताउँदै दुवै देशका सम्भावित व्यवसायीहरूलाई एकै ठाउँमा ल्याएर र सम्पर्क स्थापित गर्नका लागि यस Expo उपयुक्त प्लेटफर्मको काम गर्ने बताउनुभयो। राजदूत घिमिरेले सहयोगी साझेदारहरू - नेपाल पर्यटन बोर्ड (NTB), KK Business Group, Kyay O Kyee Petroleum Products Co. Ltd, Myanma Tourism Bank, तथा  IT साझेदारहरू Awesome Asia, Info Developers, Onepoint Financial Services, Citytech, Smart Choice Technologies and Diyalo technologies लाई सहकार्यका तथा सहभागिताको लागि धन्यवाद दिनुभयो। साथै नेपालको होटेल,  ट्राभल्स एण्ड टुर्स क्षेत्रको प्रतिनिधि गरी Expo मा सहभागी भएका Hotel Manaslu Pvt. Ltd/Hotel Ratnashambhava Pvt. Ltd., Jugal Holidays, Himalayan 360, Namaste Tourism and Holidays Pvt. Ltd. लाई धन्यवाद दिनुभयो। नेपाल तथा अन्य मुलुकहरूमा लोकप्रियता कमाइरहेको 2PM  Noodles तथा Fast-moving consumer goods (FMCG) कम्पनी Asian Thai Foods Pvt. Ltd. लाई पनि सहभागिताको धन्यवाद दिनुभयो।साथै ,Gems and Jewelry, होटेल, ट्राभल्स एण्ड टुर्स क्षेत्रसँग सम्बन्धित म्यानमारका विभिन्न सहभागी कम्पनीहरूलाई धन्यवाद दिँदै Expo सफलताको शुभकामना दिनुभयो।

म्यानमारका वाणिज्य मन्त्रीले म्यानमारका जनताका लागि लुम्बिनी अत्यन्त महत्त्वपूर्ण रहेकोले नेपाल उनीहरूका लागि धेरै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै नेपाल र म्यानमारले पर्यटनका क्षेत्रमा सहकार्यका लागि दुई देशबिच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । Union of Myanmar Federation of Chambers of Commerce and Industries (UMFCCI) र नेपाल म्यानमार चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्षहरूले पनि दुई देशहरू बिच पर्यटन र सूचना प्रविधि व्यापारको सम्भावना माथि जोड दिए। NTB का वरिष्ठ प्रबन्धक रानु शाहको प्रस्तुतिले लुम्बिनी लगायतका नेपालका आकर्षक पर्यटकीय स्थलहरू र गतिविधिहरूमा प्रकाश पारेको थियो। UMFCCI का सह महासचिव Kyaw Dewa ले नेपाल-म्यानमार व्यापार सम्बन्ध तथा सम्भावनाहरूको विषयमा प्रस्तुतीकरण दिनुभयो। सहभागी नेपाली IT कम्पनीहरू मध्ये एकका प्रतिनिधि विनोद पोखरेलले गर्नुभएको प्रस्तुतिले नेपालको उदीयमान IT क्षेत्रलाई प्रकाश पारेको थियो।

करिब २५० जनाको सहभागिता रहेको सो कार्यक्रममा यागौंन क्षेत्रका मुख्यमन्त्री, यागौंन क्षेत्रका आर्थिक मामिला मन्त्री लगायत उच्च सरकारी पदाधिकारीहरू,UMFCCI का पदाधिकारीहरू, Women Entrepreneurs Network (MYAWEN) का सदस्यहरू, Myanmar Travel Association (UMTA), Myanmar Travel Federation (MTF) and Myanmar Tourism Marketing Association (MTMA) का अध्यक्ष तथा सदस्यहरू,  बैंकिक क्षेत्रका उच्चपदाधिकारीहरु, व्यवासायीहरु तथा नेपाली समुदायको समेत सहभागिता रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x