जैमिनी नगरपालिका-१० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा रहेको छ हाँडिकोट टापु । समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाड पनि हो ।
यहाँबाट जैमिनीसहित अन्य रमणीय स्थलको दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक आउने गर्छन् । पूर्वाधार निर्माणसँगै हाँडिकोटको प्रचारप्रसार भएपछि पर्यटकीय स्थलको रूपमा विकास भएको छ । यहाँ आउन सडक र पदमार्ग दुवै सुविधा छ । जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यको रूपमा जैमिनी धामपछि हाँडीकोट टापुको पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो ।
हाँडिकोटका थुप्रै विशेषता छन् । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तले पर्यटकलाई मोहित बनाउँछ । “पहिला बाख्रा वस्तु चराउन, बाँको खोज्न टापुमा जान्थ्यौँ, अहिले पर्यटकीय स्थलका रूपमा स्थानीय सरकारले विकास गरेको छ”, स्थानीय लालबहादुर पुनले भन्नुभयो, “रु ५० लाख बढीको पूर्वाधार बनिसक्यो, स्थानीयले समेत ठुलो लगानी गरेका छन् । रु २५ लाख टापुमाथि दृश्यावलोकन स्तम्भ निर्माणमा खर्च भएको छ, टावरले पूर्णता पाएको छैन, यहाँ आउने पर्यटकलाई बस्न सत्तल निर्माण गरे पनि खानेपानी सुविधा छैन ।”
टापुबाट तल हेर्दा बादलले ढाकेका पहाड देखिने भएपछि यहाँ आउने पर्यटकलाई लोभिन थालेका हुन् । पुनका अनुसार व्याडथला र डाँडा खानीबाट पदमार्गमार्फत हाँडीकोटमा अघिल्लो दिन नै पर्यटक आइपुग्ने गर्छन् । बिहानै सूर्योदय हेर्न उनीहरू अघिल्लो दिन नै यहाँ आइपुग्ने गरेका हुन् । यहाँको बाइसे चौबिसे राजाको दरबार भने अहिले भग्नावशेष मात्र बाँकी छ । समथर भू-भाग, राजदरबारका भग्नावशेष, मन्दिर, कुटी, पोखरी र शिला सुसज्जित हाँडिकोट पुगेर सूर्योदय हेर्ने र तस्बिर खिचाउन बागलुङ बजार, पर्वत, म्याग्दी र पोखराबाट पर्यटक आउने गरेका छन् ।
हाँडिकोटमा विश्राम स्थल, सत्तल, दृश्यावलोकन स्तम्भ, शिव मन्दिर, कुटी, मञ्च, खेल मैदान, टल्कने शिला संरक्षण लगायतका पर्यटकीय पूर्वाधार निर्माण भइसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेश सरकारको सहयोगमा हाँडिकोटको पर्यटकीय पूर्वाधार निर्माण गरिएको बताउनुभयो ।
यस ठाउँको प्रचारप्रसारका लागि हाँडिकोट महोत्सव समेत गरिँदै आएको छ । “हाँडिकोटलाई जैमिनीको प्रमुख पर्यटकीय गन्तव्य र जैमिनीधामलाई धार्मिक गन्तव्य बनाउन नगरपालिकाले पूर्वाधारमा लगानी बढाएको छ, यहाँ आउने पदमार्ग र सडक मार्ग राम्रो बनाउने, पर्यटकलाई बस्न मिल्ने सत्तल निर्माण र दृश्यावलोकन स्तम्भमा लगानी गरेका छौँ” उपप्रमुख शर्माले भन्नुभयो, “हाँडिकोटको पूर्वाधार र प्रचारप्रसारका कारण आन्तरिक पर्यटक बढेको छ ।”
यहाँ विसं २०७७ यता पूर्वाधार निर्माण सुरु गरिएको हो । बाइसे चौबिसे राज्यका पालामा भुरेटाकुरे राजा रजौटाहरूले राज्य गरेको स्थान समेत हो यो । यहाँ तत्कालीन राजारजौटाले प्रयोग गरेका जाँतो, ओखललगायतका सामग्री अहिले पनि छन् । हाँडिकोट पुग्न सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टा मोटर यात्रा गर्नुपर्छ ।
 
पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
 
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                             
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                             
         
             
     
    
 
     
     
     
                                                                                             
                                                                                                                                                                                                 
                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            