आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले काठमाडौँ बाल स्वास्थ्य संस्थानका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गर्नुभएको हो ।
उक्त अवसरमा कम्पनीका सञ्चालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टीकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्य लिई स्थापना भएका काठमाडौँ बाल स्वास्थ्य संस्थानले काठमाडौँ, गोल्फुटार, बुढानीलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुने कम्पनीले जनाएको छ । सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले काठमाडौँ बाल स्वास्थ्य संस्थानका व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
साथै, उक्त अवसरमा श्रेष्ठले समयमा निर्माण कार्य सम्पन्न गरी अस्पतालबाट बालबालिकाहरूले विशिष्टीकृत स्वास्थ्य सेवा प्राप्त गर्नेमा आफू विश्वस्त रहेको भन्दै अध्यक्ष डा. भगवान कोइराला लगायत व्यवस्थापन समूहलाई अग्रिम शुभकामना दिनुभयो ।
आईजीआई प्रुडेन्सियलद्वारा बाल अस्पताललाई आर्थिक सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
