अभिकर्ता कमिसन वृद्धिदरमा आइएमई लाइफ पहिलो स्थानमा

आईएमई लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारीहरू माग्यो | Gyanmandu |  Achieving Excellence Together
आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म अभिकर्ता कमिसन खर्च वृद्धिदरका आधारमा नेपालका जीवन बीमा कम्पनीहरूमध्ये अग्रस्थानमा पुगेको छ। कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.९२ प्रतिशतले कमिसन खर्च बढाउँदै उद्योगमै उच्च वृद्धि हासिल गरेको हो।

कम्पनीले समीक्षा अवधिसम्म ४३ करोड ६४ लाख रुपैयाँ अभिकर्ता कमिसन वितरण गरेको जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ३३ करोड ५९ लाख रुपैयाँ कमिसन खर्च गरेको थियो।

कुल कमिसन वितरण रकमका हिसाबले केही ठुला बीमा कम्पनीहरू अगाडि रहे पनि वृद्धिदरका आधारमा आइएमई लाइफले जीवन बीमा उद्योगमा पहिलो स्थान हासिल गरेको जनाएको छ।

कम्पनीका अनुसार व्यवसाय विस्तार, सशक्त अभिकर्ता सञ्जाल तथा प्रभावकारी बजार उपस्थितिले यो उपलब्धि सम्भव भएको हो। अभिकर्तामैत्री नीति, नियमित तालिम तथा उत्प्रेरणामूलक कार्यक्रममार्फत अभिकर्तालाई प्रोत्साहन गर्दै आएकाले व्यावसायिक वृद्धिमा सकारात्मक प्रभाव परेको कम्पनीको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x