आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बिच गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा आज मिति २०७९/१०/२७ गते नेपाल बिमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षहरू लगायत सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा सो कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गर्नुभएको छ।

नेपाल बिमा प्राधिकरणबाट जारी भएका निर्देशनहरू तथा नीति, नियमहरूको पालना गर्दै बिमा क्षेत्रमा बढ्दै गएको तीव्र प्रतिस्पर्धा तथा अवसरहरूलाई ध्यानमा राखी एक सबल र सक्षम बिमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बिमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउँदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्ने/गाभिने (merger) सहमति सहित प्रारम्भिक सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लैजाने सोही कम्पनीले बताएको छ । दुवै कम्पनीका बिचमा भएको प्रारम्भिक सहमति एव DDA Report समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स लि. र  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात (Swap Ratio) क्रमशः १:१ कायम रहने गरी सम्झौता गरेको जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x