आर्थिक वर्ष २०७७/७८ मा बैङ्क तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैङ्कलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ । विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले ग्रहण गरेका हुन् ।
बैङ्कले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैयाँ कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैङ्क वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो सातौँ पटक हो । नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउँदै सीईओ ढुङ्गानाले वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्याउन पाउँदा खुसी लागेको बताए ।
नेपालको निजी क्षेत्रको अग्रणी बैङ्क नबिलले २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैङ्कको तत्कालीन कुल पु“जीको १ दशमलव ३२ गुणा रकम हो ।
नेपालको निजी क्षेत्रको पहिलो बैङ्क नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४ अर्ब ४५ करोड रुपैयाँ तथा १८ अर्ब ८ करोड बराबरको बोनश शेयर वितरण गरिसकेको छ ।
बैङ्किङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैङ्कको परिचय बनाएको बैङ्कले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पुर्याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको बैङ्कले जनाएको छ ।
बढी कर भुक्तानी गर्नेमा नबिल बैङ्क सातौँ पटक सम्मानित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
