प्रभु बैङ्कको नाफा ७.२७ प्रतिशतले घटेको छ । आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को तेस्रो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२३ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैङ्कले २ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब ८६ करोड रुपैयाँ र सञ्चित मुनाफा १६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २६.३१ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी १० रुपैयाँ २६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६० पैसा र पछिल्लो कारोबार मूल्य रु १३९ रुपैयाँ ०० पैसाको आधारमा मूल्य आम्दानी अनुपात १३.५४ गुणा रहेको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ४.८१ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
प्रभु बैङ्कको नाफा १ अर्ब ८१ करोड रुपैयाँ, वितरण योग्य मुनाफा कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
