स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) वैशाख २९ गतेदेखि खुला गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावितलाई शेयर बाँडफाँड गरिसकेको छ।
कम्पनीले कुल जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ करोड ७५ लाख रुपैयाँ मूल्यको १८ लाख ७५ हजार कित्ता आइपिओ प्रति शेयर १०० रुपैयाँ अङ्कित दरमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो।
यस अघि आयोजना प्रभावितलाई ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार ७५० कित्ता शेयर बाँडफाँड गरिसकेको कम्पनीले जनाएको छ।
अब बाँकी शेयरमध्ये ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र १८ हजार ७५० कित्ता कर्मचारीका लागि छुट्टाएर बाँकी ७ लाख ७८ हजार १२५ कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म बैङ्किङ समयभित्र दिनुपर्नेछ।
साे कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
स्नो रिभर्स लिमिटेडको आइपिओ वैशाख २९ देखि खुल्ने, सर्वसाधारणका लागि ७ लाख ७८ हजार कित्ता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
