माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै


माण्डु हाइड्रोपावर लिमिटेडको कुल १ करोड २२ लाख २२ हजार ५५३ कित्ता शेयरको लकइन अवधि भदौ २३ गतेपछि समाप्त हुने भएको छ।

लकइन अवधि सकिन लागेका शेयरमध्ये कम्पनीका संस्थापक शेयरधनीको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँड गरिएको १ लाख ९३ हजार ७०० कित्ता र कम्पनीका कर्मचारीलाई वितरण गरिएको २८ हजार ८५३ कित्ता शेयर रहेका छन्।

कम्पनीले आइपिओ निष्कासन गरी सर्वसाधारणलाई शेयर बाँडफाँड गरेको मितिदेखि संस्थापक शेयरधनी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारीको शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था छ।

माण्डु हाइड्रोपावरले २०८० भदौ २४ गते सर्वसाधारणलाई आइपिओ बाँडफाँड गरेको थियो। सोही आधारमा उक्त शेयरको तीन वर्षे लकइन अवधि भदौ २३ गतेपछि समाप्त हुन लागेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x