अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले यही श्रावण १८ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता २५ हजार सम्म रहेको छ ।
कम्पनीले आफ्नो जारी पुँजीको ४९ प्रतिशत अर्थात् २४ करोड ९८ लाख ०४० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ । जस मध्ये स्वीकृत विवरण पत्र मार्फत जारी पुँजीको १० प्रतिशत अर्थात् रु. ५ करोड ०९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको रु. १०० अङ्कित दरको कुल ५ लाख ०९ हजार ८०४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई निष्कासन गरी रितपूर्वक शेयर आवेदन प्राप्त २ लाख ०६ हजार ७६० कित्ता साधारण शेयर सम्बन्धित आवेदकलाई बाँडफाँड गरेको र जारी पुँजीको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख ९८ हजार ८२४ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँड गरेको सो कम्पनीले जनाएको छ । साथै ३९ हजार ७६५ कित्ता शेयर कर्मचारीहरूलाई र ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १९ लाख ५३ हजार २७९ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।
कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) श्रावण २२ गते रहेको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा श्रावण ३२ गते सम्म आवेदन पेस गर्न सक्ने सो कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यलयहरुबाट आवेदन पेस गर्न सक्नेछन् । सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
