नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको नाफा ९.३० प्रतिशतले बढेकाे छ । आ.व. २०७९/८० को पहिलो त्रैमास सम्ममा बैङ्कले ३७ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को पहिलो त्रैमास सम्ममा बैंकले ४१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले ८२ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।
यता बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.९९ प्रतिशतले बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेकाे छ भने खुद फि तथा कमिसन आम्दानी १०.६३ प्रतिशतले घटेर ५० लाख रुपैयाँ पुगेको छ।।त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा २१ करोड २४ लाख रुपैयाँ रहेकाे छ।
बैंककाे प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६६ पैसा छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ०२ पैसा र पछिल्लो कारोबार मूल्य रु १८६ को आधारमा मूल्य आम्दानी अनुपात २४.२८ गुणा रहेको छ ।
४१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको निफ्राको प्रतिशेयर आम्दानी कति ?
![](https://gyanmandu.com/news_images/20231102043723.png)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](https://gyanmandu.com/frontend/images/reactions/like.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/clap.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/support.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/love.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/curious.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/insightful.png)